कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको असर विश्व बजारमा पनि परेको छ ।बढ्दो तनावका कारण कच्चा पेट्रोलियम पदार्थको मूल्य एक सय डलर प्रतिव्यारेल पुगेको छ । रुसले युक्रेनमाथि आक्रमणको घोषणा गरेलगत्तै कच्चा तेलको मूल्यमा सात वर्ष यताकै भारी वृद्धि भएको हो ।

आक्रमणको खबरको असर एशियाको शेयर मार्केटमा पनि देखिएको छ । एशियाली शेयर मार्केटमा दुईदेखि तीन प्रतिशतको गिरावट आएको छ । निक्षेपकर्ताहरुले सुरक्षित गन्तव्य खोज्दा सुनको मूल्य पछिल्लो एक वर्ष यताकै उच्च भएको छ । यसको अलावा अमेरिकी डलर र जापानी मुद्रा येन मजबूत भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार