नेपाल वायु सेवा निगमका सुरक्षा कमाण्डर ध्रुवराज थापा निलम्बित

काठमाडौं । नेपाल वायु सेवानिगमका सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ । नेपाल वायु सेवा निगमका कतार उडान भर्ने विमानमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमाण्डर थापालाई निलम्बन गरिएको हो।
निगमको  9N-ALY, Airbus ३३० जहाज दोहा उड्ने क्रममा गत फागुन ९ गते जहाजको ढोकामा बोर्डिङपास र सुरक्षा चेकजाँचबिनाका शंकास्पद व्यक्ति भेटिएका थिए ।सो घटनाले विमानस्थल सुरक्षामै प्रश्न उठेपछि निगमलाई छानबिनका लागि मन्त्री आलेले निर्देशन दिएका थिए ।

त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए ।

निगमले तत्कालै क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ । छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको कार्यकारी अध्यक्ष अधिकारीले बताए । छानबिन समितिलाई शुक्रबारसम्मको समय दिइएको छ ।

गत सोमबार (९फागुन) राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा एक शंकास्पद व्यक्ति विना बोर्डिङपास भेटिएका थिए ।

शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार