सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण हुने

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा सुरु गरेको छ । तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी सेवा सुरु गरिएको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उनले बताए । लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ ।

एमआरपीका तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार