नगरकोटमा २२ वर्षीया युवतीले गरिन आत्महत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने २२ वर्षीया सूर्यमाया तामाङले आत्महत्या गरेकी छन् । उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको जनाएको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार