ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेरको नेपालले ब्याटिङको निम्तो पाएको हो । ग्लोबल छनोट अन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ ।

नेपालले आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ । यस अघि ओमानमै भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार