नेपालमै पहिलोपटक मोबाइल एपमार्फत चरा गणना हुने

काठमाडौं । देशका ६६ जिल्लामा भोलि शनिबार देखि चरा गणना सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना गर्न लागेको बताएको छ ।स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।

चराको महत्व दर्साउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञहरु बताउँछन् । एपमा नेपालभरी पाइने हिमालदेखि तराईसम्मका चराको सूची राखिएको छ ।

स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनाका लागि दुई महिना अघिदेखि तयारी थालिएको थियो । चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार