खुमलटार बैठक : एमसीसीमा अडान परिवर्तन नगर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलले आजको गठबन्धन बैठकमा पनि अडान परिवर्तन नगर्ने भएको छ । शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा भएको शिर्ष नेताहरुको बैठकले एमसीसीको विषयमा अडान परिवर्तन नगर्ने निर्णय भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्ड सहित माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

यसैबीच एमसीसीबारे समान धारण बनाउन सत्ता गठबन्धनका दलहरुको बैठक बालुटारमा सुरु भएको छ । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना न्यून छ ।बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट पैदा भएको थियो । लगत्तै देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार