एमालेले आज पनि संसदमा विरोध जारी राख्ने

काठमाडौं । काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

टिभीअन्नपूर्णसँग उनले भने , ‘आज पनि विरोध जारी राख्छौं ।संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्थाको बैठक एमालेले बहिस्कार गर्दै आएको छ । एमालले आफुले कारबाही गरेका १४ सांसदलाई गैरसाँंसद घोषणा गर्नु पर्ने भन्दै लगातार संसद अवरोध गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार