ढुङ्गेअड्डामा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीद्वारा ‘डिस्पोज’

काठमाडौँको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्कृय पारेर फर्किसकेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरका अनुसार कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा शंकास्पद वस्तु कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो ।

बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । बम डिस्पोज गर्ने क्रममा शुक्रबार बिहान यो रुटमा साना तथा ठूला कुनै पनि सवारी साधन चल्न दिइएको थिएन । अहिले भने सञ्चालनमा आएको छ ।

बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार