संकटमा सत्ता गठबन्धन : कांग्रेस नेताहरु एमालेसँग निरन्तर संवादमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ । विहिबार विहान कांग्रेस नेता रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

भेटवार्तामा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संसद अवरोध लगायतका विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयमा सत्तागठबन्धनमा विवाद रहेका बेला रिजाल र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । रिजाल बाहेकका काँग्रेस नेतााहरुले पनि एमाले नेतासँगको भेटवार्तालाई बढाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार