धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । हमाल एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।

बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । बोर्ड साढे ४ महिनादेखि नेतृत्वविहीन थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार