प्रहरीमा तीनजना एआईजी थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीनजना एआईजी थप्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार