निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०६ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ । बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो।जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोजद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। सोहीअनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको छ। स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार