क्यालिब्रेशन फ्लाइटका लागि एरो थाईको जहाज काठमाडौ आइपुग्यो

भोलिदेखि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान हुने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट)का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ ।एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज बिहीबार अपराहन्न २ः५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो ।

परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको छ।

एरो थाईको जहाज बिहीवार बंगलादेशको ढाका हुँदै काठमाडौँ आएको हो । जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्नेछ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार