माछापुच्छ्रेको डिसिइओमा थापा र न्यौपाने, एजीएममा अर्याल

माछापुच्छ्रे बैङ्कले हालै बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।  नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाको दुई दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रमा अनुभव छ ।  माछापुच्छ्रे बैङ्कमै लामो समय सम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकीय दक्षता भएका थापा बहु बैंकिङ्ग व्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।
यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सँगालिसकेका छन् र अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।
बैङ्कको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरूको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रीपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्त्वहरूले गर्दा माछापुच्छ्रे बैङ्क बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैङ्कको रूपमा समेत स्थापित बैङ्क मानिन्छ ।
बैङ्कले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्सटेन्सन काउन्टर, २०० एटिएम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आइरहेको छ । र १५ सय भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरिरहेको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार