त्रिभुवन विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा

काठमाडौं । नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूले प्रदर्शन गरेका छन् । त्रिभूवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए । प्रदर्शनकारी प्राध्यापकहरूले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् ।

‘तालाबन्दी समाधान होइन, समस्या हो । विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार