गठबन्धनको निर्णायक बैठकअघि प्रचण्ड–माधव छलफलमा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच छलफल भएको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो । त्यसअघि प्रचण्ड र नेपालले जसपा नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार