प्रचण्ड, माधव र जसपा नेताबीच भेटवार्ता, एमसीसीको विषयमा छलफल

गठबन्धन बैठक अघि प्रचण्ड दौडधुप

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले छुट्टै छलफल गरेका छन् ।सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

उनीहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र सत्तारुढ गठबन्धनको भविष्यबारे छलफल भएको बुझीएको छ ।बुधबार सरकारले एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेश हुन सकेन । तर सत्तारुढ दल नेपाली काँग्रेस शुक्रबारको संसद बैठकमा एमसीसी टेबुल गर्ने तयारीमा छ । एमसीसीको विषयमा सहमति नहुँदा गठबन्धनको भविष्य संकटमा परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार