‘सामाजिक एकता पार्टी’ निर्वाचनमा आयोगमा दर्ता

काठमाडौं । निर्वाचनमा आयोगमा ‘सामाजिक एकता पार्टी’ दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको उक्त पार्टीले बिहीबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा प्राप्त गरेको हो ।फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार