इनारमा खसेर विवाह समारोहमा गएका १३ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा पुरानो इनारमा खसेर १३ जनाको ज्यान गएको छ । उत्तर प्रदेशको कुशीनगरमा रहेको उक्त इनार नजिक पूजाका लागि गएका बेला उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा महिला तथा किशोरी रहेका छन्। ११ जनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुशीनगरको नौरंगिया ग्राम स्कूल टोलमा बुधबार राति विवाहको ‘हल्दी समारोह’ भइरहेको थियो । इनार नजिक पूजाका लागि गएका बेला उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

पूजाका लागि भेला भएका महिलाहरु इनार नजिक गएका थिए । केही इनारको रिङमा बसेका थिए । भार थाम्न सकेपछि रिङ भत्किएर दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमा माध्यमले जनाएको छ ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि दुःख व्यक्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार