मन्त्रिपरिषदको बैठक बस्दै, एमसीसीबारे विशेष छलफल हुने

काठमाडौं । मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । सत्ता गठबन्धनमा एमसीसी पेचिलो भइरहेका बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।

आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने मन्त्रीहरुले बताएका छन् ।नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार छोड्ने चेतावनी दिइसकेको छ ।

बुधबार बसेका प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी थियो । तर सत्ताघटक माओवादी केन्द्रले एमसीसी जबरजस्ती संसदमा टेबुल गरे समर्थन फिर्ता लिएर सरकार ढल्न सक्ने चेतावनी दिएपछि देउवा व्याक भएका थिए ।

बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसीलाई कसरी अघि बढाउने भन्नेबारेमा बालुवाटारमा छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार