युक्रेनमा जारी तनाव अन्त्य गर्न रुसलाई अमेरिका र जर्मनीकाे अनुरोध

युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रसियाली सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरुले संयुक्त अनुरोध गरेका हुन् ।

‘युक्रेनविरुद्ध रसियाली हमलाको जोखिम अझै उच्च छ । अत्यन्त सावधानी आवश्यक छ’, बाइडेन र सोल्जबीचको टेलिफोनवार्तापछि जर्मन चान्सलरको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘तनाव अन्त्यका लागि रसियाले वास्तविक कदम चाल्नुपर्छ ’, विज्ञप्तिमा उनीहरुले भनेका छन । युक्रेनविरुद्ध मस्कोले चाल्ने जुनसुकै सैन्य कदमले ‘असामान्य गम्भीर परिणाम निम्त्याउने’ उनीहरुले चेतावनी दिएका छन् ।

दुवै नेताले युक्रेन संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी राख्नुपर्ने पुटिनको भनाइलाई स्वागत पनि गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार