काठमाडौंबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।क्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको बताइएको छ ।

एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि बुधबार दिनभर प्रदर्शन भयो ।उक्त प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेच भएको थियो । झडपमा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएको बताइएको छ ।

एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार