बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध परेको जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराएकी थिइन ।

ती शिक्षिकाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्री समेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने बताएका थिए । तर पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्।

पीडित शिक्षिकाले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। भने बानियाँले ती महिलाले आफूलाई पैसाको बार्गेनिङ गरेर मुद्दा लगाई फसाउने खोजेको आरोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार