बालाजुमा ट्याक्टरले किचेर एक पुरुषको मृत्यु

काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

बुधबार बिहान ७ बजे ना ७ त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार