बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहकाबीच आचार्याले सपथ लिएका हुन । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति थियो । यसअघि मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले गत माघ १४ गते आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार