एमालेको अवरोधकाबीच संसदमा थारु आयोगको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा थारु आयोगको प्रतिवेदन पेश भएको छ । नेकपा एमालेको अवरोधकाबीच संसदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले आयोगको प्रतिवेदन पेश गरेका हुन् । बैठक सुरु भएलगत्तै एमालेले विरोध गरेको थियो । सभामुख सापकोटाले संसद अवरोध नगर्न एमालेलाई पटक पटक आग्रह गरेका थिए ।

सभामुख अग्नीप्रसाद सापकोटाले संसद अवरोध नगर्न एमालेलाई आग्रह गरे । उनले भने, ‘संसदीय गतिशीलतामा प्रभाव पर्‍यो । संसद नागरिकबाट निर्मित सर्वोच्च निकाय हो । संसद अवरोध नगर्न आग्रह गर्छु ।’

नेकपा एमालेका सांसदहरुले एमाले पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै नाराबाजी गर्दै अवरोध गरेका हुन्।सभामुख सापकोटाले भने यसबारे आफूले जवाफ दिइसकेको बताएका छन्।

अर्को बैठक फागुन ६ गते दिउँसो १ बस्ने गरी बैठक स्थति गरिएको सभामुख सापकोटाले बताए । आजको बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेका थिए। बैठकको सुरुमा नै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार