एमसीसीविरुद्ध सडकमा उत्रिए माओवादी नेता नारायणकाजी श्रेष्ठ

अमेरिकी सहयोग परियोजना (एमसीसीविरुद्ध) को प्रदर्शनमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् । नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शनमा उत्रिएका पार्टी कार्यकर्ताहरुमाझ श्रेष्ठ पनि पुगेका हुन् ।

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय निर्णय गरेपछि श्रेष्ठ पनि प्रदर्शनमा सहभागी भएका हुन् ।

सडकबाट पनि दबाव दिने उद्देश्यले माओवादीले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिएको थियो । माओवादी संसदीय दलको बिहान बसेको बैठकले एमसीसी यथास्थितिमा पेस र पारित गर्न नहुने जबरजस्ती गरिए गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारी लगायतका भ्रातृ संस्थाहरु बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले पनि प्रदर्शन जारी राखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार