एमसीसीलाई कार्यसूचीमा नराख्ने कार्यव्यवस्था समितिको निर्णय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय भएको बताएका छन् । आजको संसद बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्थाको बैठकले एमसीसी कार्यसूचीमा नराख्ने निर्णय गरेको हो ।

दलहरुबीच सहमति नजुटेको भन्दै एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय गरिएको सभामुखले बताएका छन् ।बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राखेका थिए । कार्यव्यवस्थाको बैठकमा नेकपा एमाले र जसपाका नेता अनुपस्थित थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार