सत्तागठबन्धनको बैठक बोलाइयो, एमसीसीबारे अन्तिम छलफल हुने

काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि विहिबार ३ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ता एमसीसीबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत समेत भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार