प्राङ्कस्टार आकाश सेढाइँ पक्राउ

काठमाडौं । प्राङ्कस्टार आकाश सेढाइँलाई प्रहरीले पक्राउ गरेको छ ।प्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्राङ्कस्टरमध्येमा पर्छन् ।प्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्यूरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए । गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्राङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार