एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय, जनवर्गीय संगठनहरु सडकमा

जबरजस्ती टेबल गरिए सरकारबाट बाहिरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।

साथै बैठकले एमसिसी जबरजस्ती पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ । संशोधनविना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिएकी हुन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार