शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरबिच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा भेट भएको हो ।

भेटमा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरेका छन् । देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु-याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार