मस्कले बेचे ५.७ बिलियन डलर बराबरको सेयर

एलन मस्कले गत वर्ष टेस्लाको ५।७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको खुलासा भएको छ । गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) ले देखाएको छ ।

यसले मस्कलाई कर लाभ हुने विश्लेषकहरूले बताएका छन् । ‘उनको कर लाभ ठूलो हुनेछ,’ कर नीति अध्ययन गर्ने इन्स्टिच्युट फर पोलिसी स्टडीजका बब लर्डले भने । मस्कले ५ दशमलब ७ अर्ब करको ४० देखि ५० प्रतिशत बचत गर्ने लर्डले बताए ।

केही समयअघि मस्कले ट्विटरमा एउटा सर्वेक्षणमा टेस्लाको आफ्नो सेयरको १० प्रतिशत बिक्रीबारे सुझाव मागेका थिए । प्रतिकृया दिने अधिकांशले उनले सेयर सो सेयर बिक्री गर्नुपर्ने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार