सानदार जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

अवे खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ ।

बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ  । सिटीको जितमा बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक- एक गोल गरे ।

सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो । उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेकाे हाे ।

अब दोस्रो लेग २२  मार्चमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार