ग्लोबल आइएमई बैंकले एकसाथ थाल्यो ९ शाखारहित बैंकिङ

ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर र उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यी ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको जनाइएको छ ।

बैंकको भोजपुर शाखाअन्तर्गतको दावाँका लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापालाई  प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस्तै, ढल्केबर शाखाअन्तर्गत पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्रकुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी, कर्जाको ब्याज भुक्तानी, रेमिट्यान्स सेवा, डिसहोमको महसुल भुक्तानी, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बताइएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा पुग्नुपर्ने बाध्यतालाई हटाउन बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । बैंकले २८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार