एमसीसीको विरोधमा भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले भोली नेपाल बन्दको घोषणा गरेका हुन् ।राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेताहरुले बताएका छन् ।

यता गृहमन्त्रालले भने नयाँ बानेश्वरस्थित संसद् भवन वरपर सुरक्षाकर्मीको संख्या बढाएको छ । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला र विशेष गरी नयाँ बानेश्वर स्थित संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा सर्तकता बढाएको हो ।

एमसीसीको विरोधमा संसद् भवन अगाडि दिनहुँ जसो मसाल जुलुस निकालेर प्रदर्शनहरु भइरहेका छन् । विभिन्न समुहहरुले भोली संसद भवन घेराउ गर्ने घोषणा गरेका छन् ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रभावकारी ढंगले सुरक्षाको बन्दोबस्ती मिलाइएको बताए । भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वर र त्यस आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार