काँग्रेसद्वारा भातृ संगठनको कार्यसमिति भंग

नेपाली कांग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्लिम संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।

काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।

भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार