एमसीसी संसदमा टेबल गर्ने विषयमा प्रचण्ड र माधव सकारात्मक

भोलीको संसद बैठकमा एमसीसी टेबल हुने सम्भावना

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमसीसी टेबल गर्ने विषयमा सकारात्क भएका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड र नेपालसँग भेटावार्ता गरेका थिए । उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले भोलीको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा प्रचण्ड र नेपाल सकारात्क देखिएका कानुममन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन् ।

काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै बडुले भने, ‘प्रचण्डजी र माधवजीहरु हाउसमा पुर्‍याउन सहमत छन्, तर के जोड्न छाड्दैनन् भने सबैको सहमति भए पुर्‍याएन पाए राम्रो, छलफल हुने वातावरण बन्नुपर्‍यो पनि भन्छन् ।’

छलफल हुने वातावरण बन्ने नबन्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको हातमा रहेको उनले बताए । मन्त्री बडु भन्छन्, उसले शर्त राखेको छ सभामुखको राजीनामा अथवा १४ जना सांसदहरु यहाँ आउनु भएन । यो शर्त पूरा गर्ने हो भने सम्भव हुन्छ, होइन भने किन जोडिराख्या ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार