गल्याङको लबरकोटमा नेपाल टेलिकमको बीटीएस टावर, पाल्पा-स्याङ्जा मोबाइल सेवामा गुणस्तर सुधारियो

नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ बीटीएस टावर सञ्चालनमा ल्याएको छ । फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरका कारण स्याङ्जाको गल्याङ र नजिकको पाल्पामा मोबाइल सेवाको गुणस्तर सुध्रिएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।

गल्याङ-११ मा राखिएको उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पाका असर्दी, हुँगी, फोक्सिङकोट लगायतका दूरसञ्चार सेवा प्रयोगकर्ता लाभान्वित हुने टेलिकम गल्याङका प्रमुख रामराज उपाध्यायले बताए ।

उक्त क्षेत्रमा मंगलबारदेखि सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार