बैंकको शाखा धाउनुपर्ने बाध्यता हट्यो, अनलाइनबाट पाइन्छ एनआईसी एशिया बैंकको यति धेरै सुविधा

नेपाली बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरुमा अग्रणी स्थान ओगट्न सफल एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङमार्फत धेरै सुविधा दिँदै आइरहेको छ ।

बैंकले डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस सुविधामार्फत यस बैंकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रयोग गर्न सक्नेछन् । यस निःशुल्क सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकले निम्नलिखित सेवाहरु उपभोग गर्न सक्नेछन् ।

एनआईसी एशिया मोबैंक एप
अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दति निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरु सहज रुपले निःशुल्क लिन सक्नेछन ।

यसका साथै एनआईसी एशिया मोबैंकमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिन सकिनेछ । एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्र) को प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’ बाट ग्राहकले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् । यस्तै एनआईसी एशिया बैँकको एनआईसी रेमिटमार्फत आएको रेमिट रकम बैँकको मोबाइल एप (एनआईसी एशिया मोबैंक)बाट सहजै बुझन सकिन्छ ।

आईसर्भ
यस https://iserve.nicasiabank.com/homeमार्फत मोबाइल बैंकिङ सेवाहरु (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरु (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरु (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरु (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकले सरल तरिकाले लिन सक्नेछन् ।

वेबसाइट
बैंकको वेबसाइट https://www.nicasiabank.com/बाट ग्राहकले यस बैंकबारे अधिकतम जानकारीहरु लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटुर, ईएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवासुविधाको जानकारीका साथै बैंकका पछिल्ला योजनाहरु, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरुबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

इन्टरनेट बैंकिङ
यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरु उपभोग गर्न सकिनेछ । बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरुमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल बैंकले ग्राहकको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।

एनआईसी एशिया बैंकको सेवा
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार