शिक्षामन्त्रीसँग विद्यार्थी संगठन: चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेका छन् ।

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिने उक्त कलेजहरूमाथि छानबिन गर्दै सम्बन्धन खारेज गर्न माग गरेका हुन् ।

त्यस्तै उनीहरुले तोके भन्दा बढी शुल्क विद्यार्थीमाथि लाद्न खोजिएको र बिद्यार्थीहरुमाथि नै धाकधम्की र ठगीविरुद्ध कानुनबमोजिम कडा कारबाहीका लागि माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री पौडेलले तीनवटै कलेजको विषयमा उठेका प्रश्नको छानबिन सुरु गरिसकेको बताए । उनले राज्यले कानुन हेर्ने भएकाले कानुन अनुसार काम नभएको पाइए कलेजहरूलाई कारबाही गर्ने स्पष्ट पारे ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँले शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार