आईएमईद्वारा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान

आईएमई फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा कोरियामा रहेका जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्तिको आह्वान गरिएको आईएमई फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले पुस २८ गतेदेखि एक १० महिनाभित्र इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरणसहित दरखास्त आह्वान गर्न आग्रह गरेको छ । यो छात्रवृत्ति दुई जनालाई प्रदान गरिने आईएमईले जनाएको छ । छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले रकम प्रदान गरिनेछ ।

छात्रवृत्ति आह्वानका लागि इमेलमार्फत आफ्नो बायोडाटा पठाउने सकिने छ ।

सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उत्तीर्ण जोसुकैले पनि छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनमा रहँदा जीएमई कोरियामा सशूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्ध हुन पाइने छ ।

कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्ररछात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुन सक्ने आईएमईले जनाएको छ ।

रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिने फाउन्डेसनले जनाएको छ । छनोटमा परेका छात्ररछात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने छ । पढाइमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने बताइएको छ ।

छात्रवृत्तिसँग सम्बन्धित सङ्घरसंस्थाहरूबाट कम्तीमा एकरएक जनाको प्रतिनिधित्व हुने गरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिने र यस सम्बन्धी अन्तिम निर्णय त्यही समितिले गर्ने फाउण्डेशनले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार