अष्ट्रेलियाली प्रधानमन्त्री भन्छन्- जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन् ।

मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् ।

यसअघि विश्व नम्बर एक सर्वियन खेलाडी जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम-अस्ट्रेलियन ओपन  खेल्न अस्ट्रेलिया पुगे पनि कोभिड-१९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय गरेको समाचार बाहिरिएकाे थियाे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार