बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा डोजरसहित तीन जना बेपत्ता

धादिङमा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार पुरिनेमा चालक, सहचालक र बाटो समितिका एक जना रहेका छन् । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार