भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी

नेकपा (एमाले) अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा वियजी भएका छन् । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बोहोराले नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन् ।

बोहराले शाहलाई एकसय २५ मतले पछि पार्दै अध्यक्षमा विजयी भए । ७५० मत खसेकोमा बोहराले ४३१ मत ल्याए भने शाहले ३०७ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । बोहरा ओली र शाहले रावल पक्षमा प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवर ३१३ मत ल्याएर विजयी भएका छन् ।

बोहरा पक्षका उपाध्यक्ष पदमा भीमबहादुर विष्टले ३ सय ६ मत ल्याएर पराजित भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मतले विजयी भएका छन् ।

माओवादी पृष्ठभूमिबाट एमालेमा रहेका सचिव पदका अर्का उम्मेद्वार आदर्श साउँदले दुईसय ५ मत ल्याएर पराजित भएका छन् ।

दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन् । निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं। २ का रहेका छन् । रावलको निर्वाचन क्षेत्र १ बाट एक जनामा मात्र पदाधिकारी निर्वाचित भएका छन् ।

भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार