बालाजुस्थित गुरु नानक मठ क्षेत्रमा निर्माण गरिएका टहरा भत्काइयो (भिडियो)

काठमाडौंको बालाजुस्थित गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ ।
पुरातात्त्विक हिसाबले महत्त्वको महन्त वन क्षेत्रमा अनधिकृत रूपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेपछि काठमाडौँ महानगरपालिकाले बुधबार भत्काएको हो । यसअघि गुठी संस्थानको केही व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना बनाउन  दिएको भन्दै काठमाडौँ वडा नम्बर १६ का स्थानीयले विरोध जनाएका थिए ।
गुरु नानक सत्सङ समितिका उपाध्यक्ष रवि सिंहले सो क्षेत्रमा अनधिकृत रूपमा टहरा बनाएपछि स्थानीयले विरोध गरेको र सो पश्चात् महानगरले भत्काएको जानकारी दिए ।
करिब ३५ रोपनीको क्षेत्रफलमा रहेको उक्त स्थान यसअघि पनि अतिक्रमण हुँदै आएको स्थानीयहरूले जनाएका छन् । यता टहरा निर्माण गर्नेहरूले भने आफूले नियम र प्रक्रिया अन्तर्गत नै बनाइएका टहरा भत्काइएको भन्दै विरोध जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार