निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको जनााएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बैठक तीन वटा विषयमा केन्द्रीत हुनेछ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार