थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बुधबार थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २७८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार