वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ दखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो । बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासङ्घले आग्रह गरेको छ ।

सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासङ्घले माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार